दफा १६४
प्रमाण पेश गर्न अनुमति दिन सक्ने

(१) फिरादपत्र वा प्रतिउत्तरपत्र दर्ता गर्दाका बखत बादी वा प्रतिबादीको जानकारीमा नआएको कुनै नयाँ र महत्वपूर्णलिखित प्रमाण पछि जानकारीमा आएमा वा पत्ता लागेमा त्यस्तो प्रमाण पेश गर्न बादी वा प्रतिबादीले अनुमति मागगर्न सक्नेछ र त्यस्तो व्यहोरा मनासिब देखिएमा अदालतले बादी वा प्रतिबादीलाई त्यस्तो प्रमाण पेश गर्न अनुमतिदिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रमाण अन्य व्यक्ति, संस्था वा निकायको नियन्त्रणमा रहेकोले बादी वा प्रतिबादीले आफैँलेपेश गर्न संभव नभएको कारण उल्लेख गरी अदालतमा निवेदन दिएमा अदालतले त्यस्तो प्रमाण झिकाउन दफा १६२ को उपदफा(२) बमोजिम आदेश दिन सक्नेछ ।